नेपाल पुनर्बीमा कम्पनीका सिईओ जागिर जोगाउन मन्त्रालय धाँउदै

काठमाडौं । यतिबेला नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापा जागिर जोगाईदिन मन्त्रालयमा हारगुहार गर्न पुग्ने गरेका छन् ।
सरकारले राजिनामा दिन दबाब दिएसँगै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र थापा यतिबेला कार्यालमा भन्दा बढी जागिर बचाउन सिंहदरबार धाउन थालेको पाइएको छ।
सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीलाई संरक्षण गर्न सरकारले नियुक्ति दिएपनि भष्ट्राचारको दलदलमा फसेर निजि कम्पनीलाई संरक्षण गरेको कम्पनीभित्रका युनियका कर्मचारीहरुले आरोप लगाएका छन्। साथै कम्पनीभित्रै बीमा ऐनविरुद्ध सपष्ट देखिने बदमासी गरेको थापा यतिबेला जागिर बचाउन सिंहदरबारक मन्त्रीहरुलाई भेटवार्तामा दिन बिताउने गरेका छन् ।
कार्यालयमै रह्दा पनि पार्टी कार्यालयको नेताहरुको भिड लाग्ने थापाको कार्यालयमा यतिबेला नयाँ सरकारकारलाई जागिर जोगाईदिन हारगुहार लगाउनेमै दिनचर्या बित्ने गरेको पाइएको छ ।
त्यस्तै, उनले अर्थमन्त्रीसँग यस बिषयमा कुराकानी गर्न खोज्दा समय नदिइएको पाइएको छ ।











