यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ नारायण कुमार भट्टराईले आजदेखि कार्यभार सम्हाल्दै

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पद तथा गोपनीयताको शपथ लिएपश्चात आजदेखि कार्यभार सम्हाल्ने भएका छन्।
उनले आज वैशाख १४ गते कम्पनीको केन्द्रीय कार्यालयमा यूनाइटेड अजोडको सञ्चालक समितिका अध्यक्ष अजाद श्रेष्ठ मार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हाल्न लागेका हुन्।

कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको ७९औं बैठकले नारायण कुमार भट्टराईलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
यूनाइटेड अजोड इन्स्योरेन्सका पूर्वसीईओ कमल गौतमले राजीनामा दिएपछि रिक्त रहेको सीईओ पदमा भट्टराई नियुक्त भएका हुन्। साविक गुराँस लाइफ इन्स्योरेन्समा सीईओ बनिसकेका भट्टराईसँग बीमा सम्बन्धी लामो ज्ञान तथा दक्षता रहेको छ।












