अर्थतन्त्रमा सुधार कसरी ?

२४ आश्विन २०८०, बुधबार २१:०७

नेपाल सरकारका पूर्व सचिव तोयम रायाले अर्थतन्त्र कसरी सुधार हुन सकिन्छ भन्ने बिषयमा १५ बुँदे उपायहरु प्रस्तु्त गरेका छन् । उनले सामान्य प्रकारका खर्चहरुलाई नियन्त्रण गर्नेदेखि सार्वजनिक ऋणको प्रयोग आयोजना विशेष निर्क्यौल गरेर लाभ हानी विश्लेषण गर्ने बिषयलार्य ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सामान्य प्रकारका खर्चहरु जुन केहि वर्ष नगर्दा पनि हुन्छ, सो लाइ नियन्त्रण गर्नुपर्छ ।
दोहोरो जिम्मेवारीमा रहेका निकाय, सॅस्था खारेज गरिनु पर्दछ ।
सल्लाहकारी पदहरुलाइ पुनः सङरक्षित गरिनु पर्दछ ।
उच्च नेतृत्वको सहयोगीका रुपमा रहेका अस्थायी प्रकृतिका पदहरुबाट हुने जवाफदेहि लिन नपर्ने पदमा रहनेबाट हुने हस्तक्षेप र कानुनी दायित्व विनाको पदबाट हुने अभिलिखित नहुने कार्य रोकिनु पर्छ ।
सार्वजनिक ऋणको प्रयोग आयोजना विशेष निर्क्यौल गरेर लाभ हानी विश्लेषण गरेर गरिनु पर्दछ ।
राजस्व प्रशासन र व्यवस्थापनमा उपलब्धिमूलक हुनेगरि पुनसंरक्षित हुनुपर्दछ ।
सेवा प्रवाह सरकार आफैले गर्न पर्ने र हस्तान्तरण गर्न सकिने साथै सरकारले नियामन मात्र गर्दा हुने छुट्याइ सो को कार्यान्वयन गरिनु पर्छ ।
बजेट बिनियोजन गर्दा आयोजना संचालन पूर्व गर्नु पर्ने तयारी एकिन गरिनु पर्दछ, यसो नगरि हुने बजेट व्यवस्थामा नियन्त्रण गरिनु पर्छ ।
कानून बमोजिम व्यक्ति विशेषलाइ दिइने आर्थिक सुविधाको भूक्तानी इलेक्ट्रोनिक फन्ड ट्रान्सफर विधिबाट गरिनु पर्दछ ।
तिनै तहको सरकारबाट श्रृजना हुने लामो समयसम्म भूक्तानी गरिनु पर्ने दायित्व तत् तत निकायको सक्षमताको आधारमा ऐन बमोजिम मात्र गरिनु पर्दछ ।
नियामक निकायको क्षमता बढाइनु पर्दछ ।
कुनै पनि सार्वजनिक पदमा ९ जनताबाट निर्वाचित हुने बाहेक० प्रतिस्पर्धाको आधारमा मात्र छनौट र नियुक्ति गरिनु पर्दछ ।
सार्वजनिक पदमा रहने व्सक्तिले गर्ने विविध खर्चको कानूनबाट सिमा तोकिनु पर्दछ ।
बजेट पध्दतिलाइ एजेन्सी पद्दतिमा लगिनु पर्दछ ।
घरेलु उत्पादन, रैथाने बालीको संरक्षण र यसको बजार व्यवस्था र न्यूनतम मूल्यको सुनिश्चितता गरिनु पर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*