सिटिजन म्युचुअल फण्ड–२ को नगद लाभांश वितरण

२५ आश्विन २०८०, बिहीबार १०:२८

काठमाडौं । सिटिजन म्युचुअल फण्ड–२ ले नगद लाभांश वितरण गरेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सो कम्पनीले असोज ८ गतेदेखि नगद लाभांश वितरण गरेको हो ।

सिटिजन्स म्युचुअल फण्ड–२ ले आर्थिक वर्ष २०७९।८० को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका इकाईधनीहरुको बैक खातामा नगद लाभांश वितरण गरेको हो ।

साथै, हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरुलाई सकेसम्म चाँडो अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*