सिन्धु विकास बैंकसहित यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८२ अकंले घटेर २५९८.८९ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड २६ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।
सिन्धु विकास बैंकको शेयर मूल्य १४.३७ प्रतिशत, सयपत्रि हाइड्रोपावरको ८.४१ प्रतिशत, घलेम्दी हाइड्रोको ७.३१ प्रतिशत, मैलुङ खोलाको ५.२६ प्रतिशत र पिपुल्स हाइड्रोपावरको ४.२८ प्रतिशतले शेयर मूल्य बढेको हो ।











