आजबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द

२५ आश्विन २०८०, बिहीबार १०:२९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द हुने भएको छ ।

प्राधिकरणले असोज १० गते जारी सूचना बमोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै लिने हुँदा हाल बीमा कम्पनीले प्राधिकरणको आई आरएमआई एस सफ्टवयरमार्फत हुँदै आएको बीमा अभिकर्ताको नयाँ लाइसेन्स दर्ताको कार्य बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

साथै परिक्षाको लागि प्राधिकरणको सफ्टवयरमा असोज २९ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*