सनराइज फर्स्ट म्युचुअल फण्डले दशैंअघि दक्षिणा दिने

२५ आश्विन २०८०, बिहीबार १०:५६

काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले दशैंअघि दक्षिणा दिने भएको छ । कम्पनीले असोज २६ गते शुक्रबारदेखि नगद लाभांश वितरण गर्ने भएको हो ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस कम्पनीले आर्थिक वर्ष २०७९।८० को लागि योजनाको इकाईधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न लागेको हो ।

आफ्नो हितग्राही खातामा बैंक तथा वित्तीय खाताको नम्बर अद्यावधिक गराएका इकाईधनीहरुको सम्बन्धित बैंक खातामा उक्त नगद लाभांश जम्मा गराउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*