बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

२५ आश्विन २०८०, बिहीबार ११:०७

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला सात सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख ९ हजारमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० र तेजावी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*