कार्तिक ४ गतेसम्म काठमाडौंका यी ठाउँमा विद्युत अवरुद्ध हुने

२५ आश्विन २०८०, बिहीबार ११:४४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कार्तिक ४ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ । गोरखापत्रमा बिहीबार सूचना प्रकाशित गरेरै प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको हो ।

काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६–११ के.भी. सब स्टेसन स्तरोन्नति गर्ने कार्यका लागि त्यो सब स्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, लाजिम्पाट र पानी पोखरी क्षेत्रमा विद्युत् आपूर्ति गर्न भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्र पाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोङ्गबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरिएका कारण विद्युत् आपूर्ति अवरुद्ध प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*