इजरायलमा अलपत्र नेपालीको उद्धारका लागि गएको विमान राति ११ बजे फर्किने
२५ आश्विन २०८०, बिहीबार १२:४८

काठमाडौं । इजरायल र हमासबीचको द्वन्दको कारण अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न गएको विमान आज राति ९ बजे फर्किने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा दुबई ट्रान्जिट बनाएर विमान इजरायल गएको हो । स्वदेश फर्कन चाहने नेपालीलाई लिन २ सय ५० सिट क्षमता भएको विमान इजरायल लगिएको जनाइएको छ ।
इजरायल हमासबीचको युद्धमा ज्यान गुमाएका नेपालीको शव ल्याउनमा भने केही ढिलाई हुने भएको छ । कानुनी प्रकिया पूरा भएपछिमात्र शव ल्याउन सकिने भएकाले केही ढिलाई हुने भएको हो ।