सीजी मोटर्सको नेटा भी एक्स्चेन्ज क्याम्प शुरु

२५ आश्विन २०८०, बिहीबार १६:०२

काठमाडौं। सीजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुक व्यक्तिहरुका लागि एक्स्चेन्ज क्याम्प शुरु गरेको छ । कम्पनीले गत असोज २४ गतेदेखि २८ गतेसम्म काठमाण्डौको बिशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गर्ने बताएको छ ।

कम्पनीले इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारीलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाइमा परेको र आसन्न चाड दसैंलाई लक्षित गरी एक्स्चेन्ज क्याम्पको आयोजना गरेको हो ।

एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनससहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफरसमेत दिइरहेको कम्पनीले बताएको छ । साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ ।

सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १ हजार ४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६।६ किलोवाटको चार्जर तथा टायर सेटसमेत सित्तैमा दिइरहेको छ ।

३८० कि.मी. रेन्ज, ०.५ रुपैयाँ प्रतिकिमी खर्च, १० वर्ष अथवा २ लाख किमि ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*