फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको बार्षिक साधारण सभा सम्पन्न

२५ आश्विन २०८०, बिहीबार १७:२१

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्र्टड कार्यालय नक्साल १ काठमाण्डौँमा सम्पन्न भएको हो ।

सभामा संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ । साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९।०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०।८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको छ ।

यसैका साथ, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेकोछ ।

उक्त समारोहमा संस्थालाई योगदान पुर्याउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*