सुनको भाउ बढ्दै गर्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

२६ आश्विन २०८०, शुक्रबार ११:१०

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ६००  रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार १०० र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*