डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा ओखलढुंगाका रजिन राईले जिते १ लाख रुपैयाँ

२६ आश्विन २०८०, शुक्रबार ११:१८

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

वाजागाजा सहित एक कार्यक्रमको आयोजना गरि सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । यहि असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका राईले नगद एक लाख रुपैयाँ जितेका हुन् ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*