पेशागत बीमा अभिकर्ता संघको नेपाल लाइफ बीमक समिति सुरुङ्गा शाखा अध्यक्षमा नेत्र प्रसाद उपाध्याय

३ कार्तिक २०८०, शुक्रबार ०९:५०

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सुरुङ्गा शाखा समितिको दोस्रो अधिवेशनबाट नेत्र प्रसाद प्रसाईको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
हालै सम्पन्न अधिवेशनबाट सुरुङ्गा शाखा समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा दशरथ खरेल, सचिव सफिउल्ला अन्सारी, सह–सचिव रेणु काफ्ले मैनाली, कोषाध्यक्षमा कल्पना तिरुवा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिरसिंह राजबंशी, अजिर कुमार मण्डल, लिला लक्ससम्वा थेवे, भौवा थापा, समीर लिम्बू र मनिता श्रेष्ठ निर्वाचित हुनु भयको छ ।

कार्यक्रमको अध्यक्षता सीता थेबेले गर्नु भयको कार्यक्रमको सञ्चालन नेत्र प्रसाद प्रसाईको रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्षबाट कार्यक्रमको उद्घाटन गर्दै केही मित्रहरुबाट विधि, पद्धतिलाई तिलान्जली दिदै बेथिति सिर्जना गरेको र त्यही बेथितीको आडमा कम्पनी ब्यबस्थापनले हाम्रो संघबाट गरे भयका सम्झौता उलंघन गरि हामी माथी शोषण गरि रहेको र ती सम्झौतालाई हुबहु पालना गर्न हामी एक हुनु जरुरी भएको बताए ।

त्यस्तै बिशिस्ट अतिथि संघका निवर्तमान सचिब रामकुमार बुढाथोकी, बीमक समिति सचिबः तेज प्रसाद तिवारी, बीमक समिती सदस्यः तेजमणि प्रसाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*