बीमा अभिकर्ताहरुको लाईसेन्स प्रकृया यस्ता छन

८ कार्तिक २०८०, बुधबार ०९:५०

काठमाडौं । बीमा अभिकर्ताहरुको लाईसेन्स प्रकृया सहज बनाउन बीमा प्राधिकरणले नया प्रविधिको प्रयोग गरेको देखिन्छ । अभिकर्ताहरुले लाईसेन्स नविकरण कसरी गर्न सक्नेछन् र त्यसको प्रकृयाहरुको बिषयमा तल सपष्ट पारिएको छ ।

नवीकरण प्रक्रिया
१. सर्वप्रथम अभिकर्ताहरु बीमा प्राधिकरणको वेबसाइटमा गई ई–सर्भिसेस को अनलाइन पेमेन्ट सर्भेयर÷एजेन्टमा जाने ।
२. बीमा अभिकर्ताको लाइसेन्स नवीकरणको लागि अभिकर्ताको दर्ता तथा नवीकरण भएको विवरणको लागि यहाँ क्लिक गर्नुहोला भन्ने अपसनमा गई क्लिन भन्ने बटन थिच्ने ।
३. क्लिक बटन थिचेपछि अभिकर्ताको लाइसेन्स नम्बर, लाइसेन्सको प्रकार, जारी गरिएको मिति (अंग्रेजी मिति) मा टिप्ने ।
४. नवीकरण दस्तुर भुक्तानीका लागि देहाय बमोजिमको गेट वे कम्पनी छान्ने ।
क.नेपाल क्लियरिङ हाउस (एनएचसीएल, खल्ती, सेल पे) ।
ख. ई–सेवा।
ग. आइएमई पे ।
५. गेट वे कम्पनीमार्फत् अभिकर्ता नवीकरण दस्तुर भुक्तानी गर्ने तथा उक्त भौचर सुरक्षित राख्ने ।
६. अभिकर्ता इजाजतपत्र नवीकरणको लागि प्राप्त भएको निवेदन बीमा कम्पनीको ‘आईआरएमआईएस सिस्टम’ मार्फत् प्राधिकरणमा सिफारिस भएर आएपछि प्राधिकरणबाट अप्रुभ भएपछि नवीकरण कार्य पुरा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*