बीमा प्राधिकरणले कात्तिक १६ गतेदेखि बीमा अभिकर्ताको परिक्षा लिने

९ कार्तिक २०८०, बिहीबार १०:३५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परिक्षा कात्तिक १६ गतेदेखि संचालन गर्ने भएको छ । असोजको तेस्रो सातादेखि नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता ९अभिकर्ता० परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले प्राधिकरणको आईआरएमआईएस सफ्टवयरमार्फत् गदै आएको बीमा अभिकर्ताको नयाँ लाइसेन्स दर्ता प्रक्रिया भने असोज २५ गतेदेखि नै बन्द भइसकेको छ ।

प्राधिकरणले बीमा अभिकर्ताको परीक्षाको प्रश्नपत्रको मोडल तयार गरेको छ । बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा ९२० मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था उल्लेख रहेको छ ।

परीक्षाको अङ्कभार १०० र उतिर्णाङ्क ५० हुनुपर्ने, प्रश्नहरु वस्तुगत हुनुपर्ने र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।

One thought on “बीमा प्राधिकरणले कात्तिक १६ गतेदेखि बीमा अभिकर्ताको परिक्षा लिने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*