बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक

१३ कार्तिक २०८०, सोमबार ०८:२०

काठमाडौं । बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको टेबल अनुासार कात्तिक महिनामा चार दिन परीक्षाको सूची राखेको छ ।

प्राधिकरणका अनुसार पहिलो परीक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने प्राधिकरणले जनाएको छ। दोश्रो परीक्षा कात्तिक २० गते, तेश्रो परीक्षा कात्तिक २२ गते र चौथो परीक्षा कात्तिक २४ गते सञ्चालन हुने तालिकामा देखाीइएको छ ।

प्राधिकरणका अनुसार उक्त परीक्षामा १०० जना परीक्षार्थीलाई मात्र सहभागी हुन पाईने भएको छ । डेढ घण्टाको अवधिमा कुल ५० वटा वस्तुगत प्रश्नमध्ये २५ वटाको सही उत्तर चयन गर्नु पर्नेछ। परीक्षा २ अंकको हुनेछ भने १०० पूणांकमा उत्तिर्ण हुने व्यवस्था रहेको छ ।

One thought on “बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक

  1. beni bahadur bk says:

    good

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*