बुढानिलकण्ठको बिभत्स दुर्घटनामा राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीको निधन, कुशल बीमा अभिकर्ताको अवसान

१३ कार्तिक २०८०, सोमबार २२:३०

काठमाडौं । हिजो राति काठमाडौंको बुढानिलकण्ठमा भएको बिभत्स सवारी दुर्घटनामा राष्ट्रिय बाणिज्य बैंक एयरपोर्ट शाखामा कार्यरत कर्मचारी राज सागर अधिकारीको घटनास्थलमै निधन भएको छ ।

रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता समेत रहेको अधिकारी स्याङ्जाबाट बीमा व्यवसाय समेत गर्दै आएका थिए । नुवाकोट गणेशस्थान ४ स्थायी ठेगाना भएका अधिकारी बुढानिलकण्ठस्थित निवासतर्फ स्कुटरमा फर्कदै गर्दा तीव्र गतिमा विपरित दिशाबाट आएको डुकाटी बाइकले ठक्कर दिँदा उनको घट्नामस्थलमै निधन भएको हो ।

घटनामा सिद्धार्थ बैंकका अर्का एक कर्मचारी समेत घाइते भएका छन् । उनी अधिकारीले चलाएको स्कुटरको पछाडि बसेका थिए । त्यस्तै मोटरसाइकल चालक पनि गम्भिर घाइते भई नर्भिक अस्पतालको आईसियुमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

बीमा क्षेत्र र बैंकिङ क्षेत्रमा कुशलतापूर्वक काम गर्दै आएका अधिकारी बाणिज्य बैंकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखामा कार्यरत थिए । बुढानिलकण्ठबाट महाराजगन्ततर्फ आउँदै गरेको  डुकाटी नामको बा ९५ प २६०७ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । तीव्र गतिमा कुदाइएको उक्त बाइकले अधिकारीले चलाएको बागमति प्रदेश २ ०४४ ०५१३ नम्वरको स्कुटरलाई सिधैं अगाडिबाट ठक्कर दिएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट स्कुटरको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ ।

अधिकारीको निधनमा राष्ट्रिय बाणिज्य बैंकको एयरपोर्ट शाखा र रिलायबल नेपाल लाइफको स्याङ्जा शाखा स्तब्ध बन्न पुगेको छ । उता, राष्ट्रिय बाणिज्य बैंक आफ्नै शाखा कार्यालयका कर्मचारी दिनदहाडै बीच सडकमा निधन हुँदा समेत बेखवर रहेको छ । सो विषयमा जिज्ञाशा राख्न खोज्दा बैंकका सिईओ किरण श्रेष्ठ सम्पर्क आउन चाहेनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*