सानिमा रिलायन्स लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

१६ आश्विन २०८०, मंगलवार १३:०५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान र पानवारी शाखाको संयुक्त आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरेर गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मानप्रदान गरेको छ ।

क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठको सभापतित्वमा आयोजित सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठ रहेका थिए । उक्त कार्यक्रमको सहजीकरण धरान शाखा प्रमुख कृष्ण कुमार चौधरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले अभिकर्ताहरुलाई विभिन्न मार्केटिङ टुलहरुको बारेमा प्रशिक्षण गराएका थिए ।

कार्यक्रममा गत आर्थिक वर्षको व्यक्तिगत कोडबाट प्रथम हुनुहुने बबिता कार्की , दोश्रो हुनुहुने दिलु लिम्बु, तेश्रो हुनुहुने साधना थापा त्यसैगरी टिम व्यापारमा प्रथम हुनुहुने बबिता कार्की, दोश्रो हुनुहुने ध्रुव भट्टराई, तेश्रो हुने दिलु लिम्बुलाई सम्मान गरिएको थियो ।

त्यसैगरि गत आर्थिक वर्षमा फास्ट ट्रयाक एजेन्सी मेनेजर बन्न सफल गजेन्द्र मुखिया, आरती राइ र चम्पा देवानलाई सम्मान गरिएको थियो । त्यसैगरि सबैभन्दा धेरै जनालाई वीमा गराउनेमा क्रमशः बबिता कार्की, उमेश पौडेल र गजेन्द्र मुखियालाई सम्मान गरिएको थियो । त्यसैगरि उत्कृष्ट एजेन्सी मेनेजरको रुपमा सुमित्रा राइलाइ सम्मान गरिएको थियो ।

यसका साथै, पानवारी शाखाबाट टिम व्यापारमा सानिया राय र व्यक्तिगत व्यापारमा अनिता कुमारी उरावलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा पानबारी शाखाको शाखाप्रमुख रुविना श्रेष्ठ , दुवै शाखाको कर्मचारी र उल्लेख्य संख्यामा एजेन्सी मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा बोल्दै सभापति थिरलोचन श्रेष्ठले भने, ‘यस किसिमको कार्यक्रमले अभिकर्ताहरुमा उत्प्रेरणा र मनोबल बढाउने काम गर्दछ साथै पेशाको निरन्तरतामा टेवा दिने काम गर्दछ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*