चार सयले बढ्यो सुनको भाउ

१८ आश्विन २०८०, बिहीबार ११:३१

काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने स्थिरता आएको छ । बुधबार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कायम रहेर कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*