इजरायलमा हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते

२० आश्विन २०८०, शनिबार २१:४७

इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा आक्रमण हुँदा यो घटना भएको थियो । आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग इजरायलस्थित नेपाली दूतावास सम्पर्कमा रहेको र इजरायली अधिकारीहरूसँगको सम्पर्क र सहकार्यमा नेपालीहरूको सुरक्षा, उद्धार र घाइतेहरूको उपचार भइरहेको मन्त्रालयको भनाई छ ।

पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई चनाखो रहन र अधिकारीहरूले सुझाएको सुरक्षाका उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ ।

सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको भर्त्सना गर्दै इजरायलको सरकारप्रति ऐक्यबद्धता समेत जनाएको छ । सरकारले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीर्ष स्वास्थ्य लाभको कामना गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*