जाजरकोट भुकम्पमा मृत्यु हुनेको संख्या ७० पुग्यो, रुकुम पश्चिमको आठबिसकोटमा ठूलो क्षति

१८ कार्तिक २०८०, शनिबार ०६:१४

काठमाडौं । हिजो मध्यराति जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भुकम्पबाट मृत्यु हुनेको संख्या करिब ७० पुगेको जाजरकोट र रुकुम पश्चिमबाट प्राप्त समााचारमा जनाइएको छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नं ११, १२, १३ र १४ मा कूल २१ जनाको दुखद निधन भएको सो नगरपालिकाका पूर्व मेयर सन्देश केसीले सामाजिक सञ्जालमा लेखेका छन् । उता, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भुकम्पबाट कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै, जाजरकोटको नालगाड नगरपालिका वडा नं १ मा मात्रै २० जना भन्दा बढिको मृत्यु भएको छ ।

सञ्चार सम्पर्क बिच्छेद भएको र विद्युत अभावमा रातभर उद्धार गर्न कठिनाई भइरहेको छ । स्थानीय प्रशासनले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले आज विहान सामाजिक सञ्जाल एक्समार्फत जाजरकोटमा गएको भुकम्प प्रभावित जनताको उद्धार तथा राहतको लागि तीन वटै सुरक्षा निकायलाई परिचालन गरिएको उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्ड आफै भुकम्प प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*