एकाविहानै प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा, स्वास्थ्यकर्मीसहितको टोली लिएर जाजरकोट जाँदै

१८ कार्तिक २०८०, शनिबार ०६:२८

काठमाडौं । हिजो मध्यराति शक्तिशाली भुकम्प गएको जाजरकोटमा उद्धार तथा राहत कार्य द्रूत गतिमा अघि बढ्न नसकेपछि एकाविहानै प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीसहित नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली सेनाले आज विहानैदेखि गर्नुपर्ने उद्धारमा कम चासो दिएको भन्ने जाजरकोट बासीको गुनासोसँगै प्रधानमन्त्री प्रचण्डले युद्धस्तरमा नेपाली सेनालाई परिचालन गर्न निर्देशन दिइसकेका छन् । जाजरकोटबासी र रुकुम पश्चिममा पुगेको भुकम्पको क्षति र उद्धार तथा राहतमा कमी हुन नदिन प्रधानमन्त्री प्रचण्ड आफै भुकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

आज विहान ६ बजे नै प्रधानमन्त्री प्रचण्ड विमानस्थल पुगेको र अबको केही बेरमा नै जाजरकोटका लागि उड्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*