जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२८ पुग्यो, जाजरकोटमा मात्रै ९२ को मृत्यु

१८ कार्तिक २०८०, शनिबार ०८:३१

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

भूकम्पमा परेर घाइते हुनेको संख्या पनि सयौँ रहेको बताइएको छ । जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ ।

यो समाचार तयार पार्दासम्म १०८ जना घाइतेको उद्धार गरी विभिन्न अस्पताल लगिएको बताइएको छ । भूकम्पले क्षति गरेको क्षेत्रमा उद्धार र खोजी जारी रहेका कारण मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

जाजरकोट केन्द्रविन्दु भई गएराति ११ः४६ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ। भूकम्पपछि एकाविहानै प्रचण्ड स्वयं भूकम्पले क्षतिग्रस्त क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*