प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मी र औषधि लिएर आफैं भूकम्प प्रभावित क्षेत्रमा

१८ कार्तिक २०८०, शनिबार ०८:४३

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड १६ जना स्वास्थ्यकर्मीको टोली र अत्यावश्यक सामग्री लिएर भूकम्पले क्षतिग्रस्त क्षेत्र पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैं नेपाली सेनाको १६ जनाको स्वास्थ्यकर्मी टोली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्यले बीमापोष्टलाई जानकारी दिए ।

प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा पुगेका छन् । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुन् । साथै प्रधानमन्त्री प्रचण्डले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थल तुरुन्तै ल्याउन निर्देशन समेत दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*