भूकम्पको प्रकोप क्षेत्रमा प्रभावकारी उद्धार र राहतमा जुटन राष्ट्रपतिको अपिल

१८ कार्तिक २०८०, शनिबार ०९:०५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएको भूकम्पले गरेको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यराति ६.४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले जाजरकोटसहित छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । भूकम्पबाट अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको र सयौँको संख्यामा घाइते भएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*