साताभरमा कति घट्यो सुनको भाउ ?

१८ कार्तिक २०८०, शनिबार ०९:३५

काठमाडौं । साताको पहिलो दिन ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य साताभरमा भने तोलामा १,१०० रूपैयाँले घटेको छ । नेपाली बजारमा साताको पहिलो दिन अर्थात् १२ गते आइतबार पहिलो पटक प्रतितोला एक लाख १७ हजार रूपेयाँ पुगेर नयाँ रेकर्ड राख्यो । यसअघि अघिल्लो शुक्रबार पनि सुनको मूल्य सर्वाधिक महंगो भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार इजरायल द्वन्द्व एवं मध्यपूर्व चतावका कारण लगानीकर्तामाझ सेफ हेभन एसेटको माग बढ्दा सुन बजारले बढावा पाएको हो । नेपालको हकमा अमेरिकी डलर पनि महँगिन पुगेको र त्यसको असर पनि सुनचाँदी बजारमा परेको महासंघका अध्यक्ष माणिक रत्न शाक्य बताउँछन् ।

विश्व बजारमा पनि शुक्रबार ४ डलर भन्दा बढीले महंगिएर प्रतिऔँस एक हजार ९८९ डलर बराबर पुगेको छ, सुन । चाँदी भने सामान्य घटेर प्रतिऔँस २२.६६ डलरमा कारोबार भइरहेको छ । नेपाली बजारमा अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय ९२ रुपैयाँ पुग्यो भने तोलामा एक लाख १५ हजार ९ सयमा कारोबार भयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*