जाजरकोट भूकम्पपछि भारतीय प्रधानमन्त्री मोदीको ट्वीट, हरसम्भव सहयोग गर्न तयार

१८ कार्तिक २०८०, शनिबार १०:०७

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प प्रभावित क्षेत्रका लागि भारत सबै हरसम्भव सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । मोदीले नेपालमा शुक्रबार राती गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्धता गरेका हुन् ।

जाजरकोटमा मध्यरातमा ६.४ रेक्टर स्केलको भूकम्प गएपछि भएको जनधनको क्षतिको खबर थाहा पाएपछि भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत यस्तो प्रतिवद्धता जनाए । आफ्ना नेपाली समकक्षी प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै ट्वीटमार्फत उनले भनेका छन्, ‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ भने १४० जना घाइते भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*