भूकम्प अपडेट : जाजरकोटमा ९२, रुकुमपश्चिममा ३७ जना गरी १२९ को मृत्यु

१८ कार्तिक २०८०, शनिबार १०:२५

काठमाडौं । मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२९ जनाको मृत्यु भएको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

जसमा जाजरकोटमा भूकम्पबाट ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । यसैगरी, रूकुम पश्चिममा ३७ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।

यस्तै, भूकम्पमा परेर घाइते भएकाको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री प्रचण्डसहितको स्वास्थ्य टोली जाजरकोट हुँदै रुकुम पश्चिम पुगेको छ । प्रधानमन्त्री प्रचण्ड आफैंले घाइतेहरुको अवस्था बुझेको उनका प्रशासनिक सल्लाहकार रामदीप आचार्यले बीमापोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*