जाजरकोट भूकम्पको केन्द्रविन्दु आसपास प्रचण्ड

१८ कार्तिक २०८०, शनिबार १०:४०

काठमाडौं । एकाविहानै १६ जना स्वास्थ्यकर्मी र औषधिसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले रुकुम पश्चिम पनि पुगेर घाइतेको अवस्था बुझेका छन् । जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्यले बताए ।

सेनाको मेडिकल टिम, डाक्टर र औषधि लिएर आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले घाइते र आफन्तलाई चिन्ता नलिने भनी ढाडस दिए । प्रधानमन्त्रीको साथमा पूर्वगृहमन्त्री जनार्दन शर्मा र हालका उर्जामन्त्री समेत रहेका शक्तिबहादुर बस्नेत र प्रदेश सांसद राजीवविक्रम शाह अस्पताल पुगेका थिए ।

मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ जनाको गरी हालसम्म १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*