जाजरकोट भुकम्पको १२ घण्टामा १०९ वटा परकम्प

१८ कार्तिक २०८०, शनिबार ११:३२

काठमाडौं । हिजो मध्यराति जाजरकोटमा गएको शक्तिशाली ६.४ रेक्टरस्केलको भुकम्पपछि आज साढे ११ बजेसम्म कूल १०९ वटा ठूला र स–साना परकम्पहरु गएका छन् ।

जाजरकोटबाट उद्धारकर्ताहरुले प्रत्येक ५।१० मिनेटमा भुकम्पहरु गइरहेको जनाएका छन् । राष्ट्रिय भुकम्प मापन तथा आविस्कार केन्द्रले उक्त भुकम्पपछि छ वटा परकम्प गएको उल्लेख गरेको छ ।

शक्तिशाली भुकम्प गएको केहीबेरभित्रैमा १२ः०८ बजे ४.५ रेक्टरस्केलको भुकम्प गएको थियो भने १२ः२९ बजे ४.२ रेक्टरस्केलको भुकम्प गएको थियो । त्यस्तै, १२ं३५ बजे ४.३ रेक्टरस्केलको भुकम्प गएर पटक पटक आतंकित बनाएको थियो । त्यस्तै, आज विहान ४ः१६ बजे ४.६ रेक्टरस्केलको भुकम्प गएको थियो ।

भुकम्प मापन केन्द्रले ४ रेक्टरस्केल भन्दा माथि मात्रै गणना गर्ने रेकर्ड राख्ने भएकोले ४ रेक्टर स्केल भन्दा माथिको भुकम्पहरुको रेकर्ड राखिएको छैन । आज विहानसम्म गएका १०९ वटा परकम्पहरु स–साना भएको खलंगामा उद्धारमा खटिएका विपिन शाहीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*