ज्योतिषहरुले पहिला नै गरेको थिए भूकम्पको भविष्यवाणी, ज्योतिष डा. सुनिल सिटौलाको त्यो स्टाटसमा के थियो ?

१८ कार्तिक २०८०, शनिबार ११:४९

काठमाडौं । भूकम्प ‘विज्ञान’ले समेत पूर्वानुमान गर्न सक्ने चिज होइन । आजसम्म ‘विज्ञान’ले पत्ता लागउन नसकेका थुप्रै चिजहरु मध्ये भूकम्प पनि पर्दछ । तर, हिजो मध्यराति गएको भूकम्पको पूर्वानुमान नेपालका केही ज्योतिषहरुले एक साताअघि नै गरिसकेको तथ्य फेला परेको छ ।

ज्योतिष डा. सुनिल सिटौलाले यही कार्तिक ९ गते राखेको स्टाटस कार्तिक ११ गतेको चन्द्रग्रहण सम्बन्धी थियो । जसमा एक सातादेखिसम्म भुकम्पको जोखिम रहेको उल्लेख छ । उनले आज विहान सामाजिक सञ्जालमा शुभचिन्तकले दिएको सुझाव समेत शेयर गरेका छन् । जसमा भुकम्पको पूर्वानुमान गतेसहित मिलाएको उल्लेख छ ।

ज्योतिष सिटौलाले कार्तिक ९ गते राखेको स्टाटस यस्तो थियो,

 

सुनिल सिटौलासँग सम्पर्क गर्दा यसबारे चन्द्रग्रहण पछि र अघिका तीन बढि र सातदिनसम्म कम सम्भावना हुने बताए । त्यस्तै अर्का ज्योतिष जयन्त आचार्यले सूर्यग्रहण र चन्द्रगहण नजिकै परेको समयमा भुकम्पको जोखिम उच्च हुने कुरा विभिन्न शास्त्र तथा संहिताहरुमा स्पष्ट रुपमा लेखिएको बताए । उनले यस वर्ष १५ दिनभित्रैमा सूर्यग्रहण र चन्द्रग्रहण परेकोले उच्च जोखिममा रहेको पूर्वानुमान गर्न सकिएको बताए ।

सूर्यग्रहणको चारदेखि छ महिनासम्म भुकम्प आउनु सामान्य कुरा भएको ज्योतिष सुनिल सिटौलाले सामाजिक सञ्जालमा राखेको स्टाटसमा उल्लेख छ । ज्योतिषको दृष्टिबाट यस अवधिमा भुकम्प जाने सम्भावनाबारे ज्योतिष सर्कलभित्र यस अवधिमा छलफल नै चलेको समेत खुलेको छ । साथै ज्योतिष जयन्त आचार्यले यस विषयमा अनुसन्धान नै गरेका थिए ।

ज्योतिष सिटौलालाई २०७२ सालमा गोरखा भूकम्पपछिका परकम्पहरुमा पूर्वानुमान गरेको भन्दै नियन्त्रणमा समेत लिएको थियो ।

One thought on “ज्योतिषहरुले पहिला नै गरेको थिए भूकम्पको भविष्यवाणी, ज्योतिष डा. सुनिल सिटौलाको त्यो स्टाटसमा के थियो ?

  1. Krishna says:

    नमस्कार सर हजुर संग मेरो
    भेट्नेकामथ्यो म नेपाल आउदैछु
    कसरी सम्पर्ग गर्ने काहा आउने हजुरलाई भेट्न
    Please contact number sent me

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*