प्रधानमन्त्री प्रचण्डको त्यो हुटहुटी, अनि सिंगो देश जाजरकोट केन्द्रीत भयो

१९ कार्तिक २०८०, आईतवार ०८:३१

काठमाडौं । शुक्रबार मध्यराति जाजरकोटमा शक्तिशाली भुकम्पको धक्का दियो । ११ः४७ बजे गएको भुकम्पमा हजारौं घरहरु भत्किए । सयौं पुरिए, थुनिए, घाइते र अंगभंग भए । रातभर कोलाहल मच्चिरह्यो । राति अबेरसम्म जागामै बस्ने प्रधानमन्त्री प्रचण्डले राति नै सो घटनाबारे थाहा पाए । प्रधानमन्त्री प्रचण्ड आफैले घटनामा पुगेको क्षतिबारे बुझ्न थाले तर घटना भयावह भइरहेको थियो । शनिबार विहान २ः५५ बजे ट्वीटरमा लेखेर भुकम्पले पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली सेना, शसस्त्र प्रहरी जनपथ गरी तीन वटै सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी गराए ।

झ्न झ्न बुझ्दै जाँदा घटनाबारे झन् झन् भयावह खवरहरु आउन थालेपछि प्रधानमन्त्रीले तत्कालै नेपाली सेनालाई हेलिकोप्टर तयार गर्न, चिकित्सकको टोली तयारी अवस्थामा राख्न निर्देशन दिए । तर, नेपाली सेना मस्त सुतिरहेको थियो । खोज्दा उठाउँदा केही समय लाग्यो । उता, प्रधानमन्त्री प्रचण्डले भने विहान सवा छ बजे नै विमानस्थल पुगिसकेका थिए । त्यसपछि नेपाली सेनालाई झनै दवाव सिर्जना भयो । प्रधानमन्त्री प्रचण्ड विमानस्थलको भिआईपि कक्षमा प्रतिक्षारत रहेको सूचना प्रधानसेनापतिको कानमा पर्यो । सबैतिर जोरजाम गरेर नेपाली सेनाको चिकित्सक र औषधी तयार गर्न झण्डै डेढ घण्टा जति लाग्यो । त्यतिबेलासम्म प्रधानमन्त्री प्रचण्डले विमानस्थलमै बसेर आवश्यक निर्देशनहरु दिएरहेका थिए ।

विहान करिब ७ बजे प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोटतर्फ उड्यो । जाजरकोट पुगेर अवस्था हेर्दा झनै भयावह चित्र देखे । प्रधानमन्त्री प्रचण्ड जाजरकोट र रुकुम पश्चिम पुगेर उद्धार तथा पीडित अवस्था अवलोकन गरे । अनि सुर्खेतसम्म फर्कदा नेपाली सेनाको हेलिकोप्टरमा ७ जना घाइतेलाई राखेर उद्धार गरे । उनीहरुको हाल सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

आफूले बिहान लिएर गएको हेलिकोप्टर काठमाडौंसम्म ल्याउँदा उद्धार कार्य प्रभाव होला भन्ने सोचेर प्रधानमन्त्री अपरान्ह बुद्ध एयरको नियमित उडानमार्फ काठमाडौं फर्किए । प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव सन्तु दराईले प्रधानमन्त्री प्रचण्डले उद्धार तथा राहतमा सजिलो हुने गरी आफू चढेर गएको हेलिकोप्टर सुर्खेतमै बुद्ध एयरको नियमित उडानमार्फत काठमाडौं फर्कनु भएको बताए । प्रधानमन्त्री चढेर गएको हेलिकोप्टर प्रधानमन्त्रीलाई सुर्खेतमा छोडेपछि करिब पाँच वटा उडानमार्फत उद्धारकर्मी, चिकित्सक र औषधीलाई भुकम्प प्रभावित क्षेत्रमा पुर्याएको थियो ।

नेपाली सेनासँग भएको सीमित स्रोत साधनका कारण उद्धार तथा राहतमा अत्याधिक स्रोत साधनको आवश्यकता परेको कुरा प्रधानमन्त्रीले महसुस गरे । प्रधानमन्त्रीले सुर्खेतबाटै विभिन्न मन्त्रीहरुलाई टेलिफोन गरी जाजरकोटमा गएको भुकम्पबाट प्रभावितहरुलाई राहत प्रदान गर्ने गरी भूमिका निर्वाह गर्न निर्देशन जारी गरे । जसबाट नेपाल टेलिकमले पाँच दिन निःशुलक कल र एसएमएस छुट दिने निर्णय गर्यो भने नेपाल आयल निगमले उद्धारमा लागेको इन्धन निःशुल्क उपलब्ध गराउने निर्णय गर्यो ।

प्रधानमन्त्री प्रचण्डले आज विहान ८ः०० बजे मन्त्रिपरिषदको बैठक राखेर जाजरकोट भुकम्प पीडितहरुका राहत तथा उद्धार र उपचार सम्बन्धमा निर्णय गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले शनिबार राति नै निर्देशन दिएको भएपनि शनिबार विहान उज्यालो हुँदासम्म नेपाली सेना घटनास्थलमा पीडितको उद्धार तथा राहतमा खटिएको थिएन । तर, जब प्रधानमन्त्री आफै विहानै जाजरकोट उत्रिए तब सिंगो देश जाजरकोट केन्द्रीत भइसकेको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार प्रचण्डले शनिबार विहानको सबै कार्यक्रम स्थगित गर्नुका साथै विहानको खाजा राम्ररी नखाई विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट हिडिसकेको जानकारी पाउने वित्तिकै उद्धार तथा राहतमा खटिनुपर्ने सेना, प्रहरी तथा सशस्त्र प्रहरीहरु झनै हतार हतार हतार घटनास्थलमा पुगेका थिए ।  प्रधानमन्त्री भयावह अवस्थामा रहेको जाजरकोट पुगेपछि अन्य थुप्रै निकायहरु राहत तथा उद्धारमा सक्रिय हुन पुगे । सामान्य नागरिक झै प्रधानमन्त्री घटनास्थलमा पुगेर अन्य उद्धार तथा राहतमा खटिएकाहरुलाई उर्जा प्रदान गरेकै कारण धेरै मानिसहरुको ज्यान जोगिएको छ र जाजरकोट र रुकुम पश्चिमका जनताले सरकारले आफूलाई माया गरेको अनुभूति गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*