धनगढीबाट बाजुरा जाँदै गरेको जिप सेतीमा खस्यो, एकै गाउँका चार जनाको मृत्य

१९ कार्तिक २०८०, आईतवार ०९:४५

काठमाडौं । धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन् ।

धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ः१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका वडा नम्बर–६ अण्यौलमा दुर्घटना भएको हो । २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट अनियंत्रित भएर अन्दाजी ५०–६० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटना परि बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–५ कि २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, मृतक धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र दुर्घटनामा परि गम्भीर घाइते भएकी विमला मलालकी अन्दाजी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*