सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

१९ कार्तिक २०८०, आईतवार ११:२५

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा जारी भूकम्प पीडितको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको १३औं बैठक सिंहदरबारमा जारी छ । बैठकमा उद्धार तथा राहत कार्यमा कुनै पनि कमि हुन नदिन सबै क्षेत्रलाई अलर्ट राख्ने र कुनै पनि बहानामा घाइतेको उपचार रोकिन नहुनेलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

साथै बैठकमा आगामी दिनमा विपद जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेबारे समेत छलफल हुने बताइएको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका आसपास केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परी १५७ जनाको मत्यु भएको छ भने सयौँ घाइते भएका छन् । यस्तै, यो भूकम्पले अर्बौँको क्षति भएको बताइएको छ । -तस्वीर : प्रदीपराज वन्त, प्रधानमन्त्रीको सचिवालय

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*