पञ्चकन्या ग्रुपले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

१९ कार्तिक २०८०, आईतवार १२:३०

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ ।

उक्त शिविरमा नाक, कान, घाटी, आखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यव्रिmया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाच गरिएको थियो ।

उक्त शिविरबाट २९४ जनाले लाभ लिएका कम्पनीले जनाएको छ । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यव्रmमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यसप्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*