नेपाल माइक्रो इन्स्योरेन्सको इटहरी शाखा विस्तार

१९ कार्तिक २०८०, आईतवार १२:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले सुनसरीमा इटहरी शाखा कार्यालय विस्तार गरेको हो ।

कम्पनीले देशका विभिन्न स्थानहरुमा इन्स्योरेन्स सेवा पुर्याउने उद्देश्यले आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै गईरहेको छ । सोही उद्देश्य अनुरुप कम्पनीले इटहरीमा उक्त नयाँ शाखाको उद्घाटन आज (कात्तिक १९ गते) आइतबार गरेको हो ।

कम्पनीले ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने अभिप्रायका साथ उक्त शाखा कार्यालय विस्तार गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*