तिहारको लागि राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै

१९ कार्तिक २०८०, आईतवार १३:५९

काठमाडौं । हिन्दुहरुको महान चाडपर्व तिहारको लागि नेपाल राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गरेको छ ।

केन्द्रीय बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो। विभागले हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गरिने जनाएको छ।

एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन्। जसमा कुल साढे १७ ग्रामको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन्।

यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन्।

राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ। यस वर्ष पनि केन्द्रीय बैंकले आजदेखि सिक्का बिक्री गर्न सुरु गरिसकेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*