नेपालालई सुपर ओभरमा हराउदै ओमानले जित्यो आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि

१९ कार्तिक २०८०, आईतवार १४:५०

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ। दुवै टिमले नियमित खेलमा १८४ र १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा पहिले ब्याटिङ गर्न गएको ओमानले २१ रन बनाएर नेपाललाई २२ रनको लक्ष्य दिएको थियो। तर नेपालका खेलाडी सुपर ओभरको पहिलो बलमै आउट भएपछि खेल ओमानले जितेको हो।

नियमित खेलमा नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको ओमानले ९ विकेट गुमाएर पनि लक्ष्य पूरा गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*