भोलिदेखि रोकिएको एमडिएमएस कार्यान्वयनमा ल्याउने, मंहगा फोनबाट निगरानी सुरु गर्ने

१९ कार्तिक २०८०, आईतवार १५:४७

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि रोकिएको एमडिएमएस कार्यान्वयनमा ल्याउने भएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएसमा) दर्ता नभएको करिब ५० लाख फोन मध्य ेपहिलो चरण आईफोन लगाएत महङ्गा फोन ब्लल गरेर सो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि अर्थमन्त्रालय र सञ्चार मन्त्रालयले अनुमति नदिँदा दर्ता नभएका ५० लाख हाराहारी फोन ब्लक गर्न प्राधिकरण पछि हट्दै आएको थियो । गत जेठबाटै लागू गर्ने भनेपनि पटक पटक विवादमा फस्दा एमडिएमएस लागू हुन सकेको थिएन ।

प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरूमा ुहाइ रेन्जु का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन्। यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन्। उनले भने, ुयसरी गर्दा भोलिमात्रै ८ सयदेखि एक हजार ह्यान्डसेट ब्लक हुने देखिन्छ। विशेष हाइ रेन्जका मोबाइल जस्तै आइफोन, वान(प्लस, सामसङ कम्पनीका मोबाइल सेट पर्ने देखिन्छ।ु

प्रणालीमा दर्ता नभएका ह्यान्डसेटहरू क्रमशः दैनिक रूपमा ब्लक गर्दै जाने उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*