कृषि उपकरणमा भ्रष्टाचार, तत्कालीन प्रदेश सचिवसहित ४ जनाविरुद्ध मुद्दा

१९ कार्तिक २०८०, आईतवार १६:३७

काठमाडौं । कृषि उपकरण खरिदमा ब्यापक अनियमितता गरेको भन्दै अख्तियारले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७५।७६ मा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत किसानहरुलाई कृषियन्त्र आपूर्ति गर्ने क्रममा सम्झौता र मापदण्ड विपरित कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरि १ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको दाबी गरेको छ ।

उक्त भ्रष्टाचारजन्य कार्यमा बद्नियत देखिएको भन्दै अख्तियारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, तत्कालीन भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली सहित आधुनिक कृृषि कसिान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई भ्रष्टाचार बराबरको बिगो कायम गरि आईतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका सह–प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*