आइएमई ग्रुपले भूकम्प प्रभावितलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने

१९ कार्तिक २०८०, आईतवार १७:४५

काठमाडौँ । ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल तथा आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा फाउन्डेसनले भूकम्प प्रभावितहरूको लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने ग्रुपले जनाएको छ ।

शुक्रवार राती कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु भई गएको भूकम्पले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम सहयोग गर्न लागेको हो । यसले पीडितलाई केही हदसम्म राहत पुग्ने विश्वास ग्रुपले लिएको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि हर सम्भव सहयोगका लागि जुटेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*