एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

२० कार्तिक २०८०, सोमबार १०:३८

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा दिपित श्रेष्ठलाई नियुक्त गरिएको छ ।

यसअघि संस्थाको प्रमुख रणनीति अधिकृतको पदमा कार्यरत किरण पौडेललेनै उक्त कम्पनी सचिवको थप जिम्मेवारी समेत सम्हालेका थिए ।

कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अनुपालना विभागका ईन्चार्जको रुपमा कार्यरत श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले श्रेष्ठलाई सोही मितिबाट लागु हुने गरी नियुक्ती गरिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*