काठमाडौं महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयन

२० कार्तिक २०८०, सोमबार ११:१३

काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०८०।८१ मा ‘महानगरबासीको सुख दुःखमा साथ दिन महानगर साथी’ स्वर्णीम योजना कार्यान्वयनमा ल्याएको छ ।

यस योजनाको उद्देश्य शहरी गरिब र विपन्न वर्गको दैनिकीमा साथ दिने, सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिने, विपन्न वर्गलाई किरिया खर्च उपलब्ध गराउने, जोखिममा परेका बालबालिका, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई अति समस्या परेको खण्डमा सहयोग गरिने रहेको महानगरले जनाएको छ ।

यसका लागि सहयोग आवश्यक परेको व्यहोरा खुल्ने निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौं महानगरपालिकाको बासिन्दा भएको वडाको सिफारिस, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र अन्य आवश्यक प्रमाणपत्रसहित महानगरको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन इकाईमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*