पाँच सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० कार्तिक २०८०, सोमबार ११:४१

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ४०० र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कायम भएको छ । कारोबारको अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १५ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिनपनि चाँदी सोही मूल्यमा कायम रहको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*