नेपालको पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रपतिको आग्रह

२० कार्तिक २०८०, सोमबार १३:२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आयोजित क्यासी सम्मेलनको उदघाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन्।

उनले नेपालमा विद्युतमा धेरै सम्भावना र अवसर रहेको भन्दै त्यसतर्फ लगानी बढाउन आह्वान गरे । नेपाली विद्युतको बजार भारत र बंगलादेशमा पनि बन्दै गएको बताए ।

कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको उनले बताए।

राष्ट्रपति पौडेलले गत शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरे। उनले साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*