भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

२० कार्तिक २०८०, सोमबार १६:५५

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको शुभ साइत रहेको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको उत्तम साइत सार्वजनिक गरेका हुन् ।

यस वर्षको तिहार कात्तिक २५ गतेदेखि सुरु हुँदैछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा र म्हः पूजा र २९ गते भाइटीका परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*