जाजरकोट केन्द्रबिन्दु भएर झण्डै ६ रेक्टरको भूकम्प

२० कार्तिक २०८०, सोमबार १७:०८

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा औषधि उपचारको कार्यलाई तिब्रता दिईरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*