घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

२१ कार्तिक २०८०, मंगलवार १०:४४

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार प्रतितोला छापावाला सुन १ लाख १५ हजार ४०० र तेजावी सुन १ लाख १४ हजार ८५० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*